कम्युनिष्ट पार्टीले गर्यो थबाङमा जनसरकार घोषणा

कम्युनिष्ट पार्टीले गर्यो थबाङमा जनसरकार घोषणा

  • सोमवार, असार १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं,असार १२।

संसदीय दलहरु स्थानीय तहको निर्वाचनमा होमिएको र थबाङको माध्यामिक विद्यालयमा भएको बुथमा चहलपहल गरिरहेको बेला त्यसको १ सय मिटर पूर्ब गाउँको बीचमा नेकपाले थबाङ गाउँपालिका स्तरको जनभेला गरेर जनसरकार घोषणा गरेको छ ।

नेकपाका स्थायी समिति सदस्य तथा जनसरकार प्रमुख सन्तोस बुढामगरको प्रमुख आतिथ्यमा भएको भेलाले थबाङ कै चर्चित अजम्बरी जनकम्युनका प्रमुख किताब घर्र्ति प्रमुख, जितबहादुर रोका–उपप्रमुख, प्रवक्ता – हितप्रसाद रोका ‘विप्लव’ र सदस्यहरु दलबहादुर घर्ति, राजबहादुर पुन, दलित प्रतिनिधि सिर्जना मिजार, पुरन परियार, महिला प्रतिनिधि विमला झाँक्री र ४ जना सदस्य रिक्त रहेको १७ सदस्यीय थबाङ जनसरकार घोषणा गरेको छ ।

भेलाले जनसरकारको नीति र कार्यक्रम गाउँ अधिवेशनद्वारा छिट्टै घोषणा गर्ने जनाएको छ । १० बुँदे घोषणापत्र जारी गर्दै समापन गरिएको छ । सो कार्यक्रमको अध्यक्षता किताब घर्ति, सञ्चालन जितबशहादुर रोकाले गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ