काठमाडौ १२ असार ।
महोत्तरीमा एक महिलाको एसिड छ्यापेर हत्या भएको छ । जिल्लाको गौशाला नगरपालिका–१ रामनगरकी ६५ वर्षकी मंसरिया देवी महतोको गएराति एसिड छ्यापेर हत्या भएको प्रहरीले जनाएको छ ।
घरमा एक्लै बस्दै आएकी मंसरियादेवी आज बिहान अबेरसम्म चहलपहल नभएपछि छिमेकले हेर्न जाँदा अनुहारमा एसिड छ्यापिएर ओछ्यानमै मृत अवस्थामा फेला परेको बताइएको छ ।
घटना लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सम्भु पोखरेलले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline