अाइतबार राति १२ बजेपछि मौन अवधि सुरुसँगै गुल्मीको मदाने गाउँपालिकाकाे ७ नम्बर वडाकाे दिपक मावि मतदान केन्द्र र ६ नम्बर वडाकाे मतदान केन्द्रमा मध्यरात बम फिस्फोट भएको बताइएको छ ।
एकै समयमा फरकफरक ठाउँमा भएको बम विस्फोटले ठूलो अावाज अाएको स्थानीयले जनाएका छन् । त्यस्तै दिपक माविकाे मतदान केन्द्रमा चार राउन फायर समेत भएको बताइएको छ ।