मुस्लिम समुदायले आज इदपर्व मनाउदै

मुस्लिम समुदायले आज इदपर्व मनाउदै

  • सोमवार, असार १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौ ,१२ असार ।
मुस्लिम समुदायले आज पवित्र पर्व इँद धुमधामका साथ मनाइदैछ । एक महिनासम्म राखिएको रोजा सकिएपछि एकआपसमा खुसी साटासाट गर्दै इद उल फितर पर्व मनाउने गरिन्छ ।

इस्लामिक पात्रो हिजरी सम्बत अनुसार नवौं महिनामा विश्वभरका इस्लाम धर्मावलम्बी एक महिनासम्म रोजा बस्ने गर्दछन् । आजका दिन मस्जिद वा इद गाहमा भेला भइ नमाज पढ्ने चलन छ ।

यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर चालु बजार भाउअनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ ।

इदका दिन बिहानै नुहाई धुवाई गरी सफा र नयाँ कपडा लगाएर सेवाई, फलफूल, बिरयानी वा अन्य मिठा परिकार खाएर नवाजका लागि मस्जिद वा इद गहा जाने प्रचलन छ । इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको पर्व इद इदुल फितरका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

राष्ट्रपतिले शुभकामना सन्देश जारी गर्दै धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने यस्ता पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पर्वका अवसरमा शुभाकामना दिनु हुँदै इतिहासको कालखण्डमा नेपाली मुस्लिम समुदायले देखाएको धार्मिक सहिष्णुता अनुकरणीय रहेको बताउनु भएको छ ।

उहाँले प्रेम र सद्भाव आदानप्रदान गर्ने यस पर्वले आम मुस्लिम समुदायलाई स्वतन्त्रता र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामना समेत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ