निर्बाचन र सन्चारबारे लगातार साढे छ घण्टा रेडियो बहस

निर्बाचन र सन्चारबारे लगातार साढे छ घण्टा रेडियो बहस

  • आइतवार, असार ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

११ असार, ताप्लेजुङ ।

फक्ताङलुङ एफएमका स्टेशन म्यानेजर आलोक माबोहाङ लिम्बूले युवा राजनीतिक बिश्लेषक डिल्ली निरौलासँग एफएम रेडियोमा लगातार सवा छ घण्टा बहस गरेका छन् । आइतवार विहान १०ः ११ बजे बहस सुरुवात गरेका उनले ४ः३६ मा टुंग्याएका थिए । राजनीतिक सञ्चार तथा पत्रकारिता सम्बन्धि जानकार निरौलासँग स्थानीय तहको निर्बाचनको बिषयलाई सन्दर्भ पारेर बहस गरेका हुन् ।
नेपालको राजनीतिक संरचना, राजनीतिक दल र दलिय सञ्चार, राजनीतिक संरचना र नेपालको सन्दर्भ, बहुस्तरीय शासन र स्थानिय शासन वहसका बिषयवस्तु रहेका थिए । यस्तै राज्य निर्माण र राष्ट्र निर्माण, आत्म निर्णयको अधिकार, नेपालको संविधानका बिभिन्न भागहरुको सैद्धान्तिक पक्ष, प्रस्तावना, प्रारम्भिकी, मौलिक अधिकार, मौलिक कर्तब्य, निर्देशक सिद्धान्त र नीतिहरु, समावेशिकरण र समानुपातिक सिद्धान्तका बिषयमा बहस गरिएको थियो ।
पानीसम्म नखाइकनै गरिएको बहसमा बिहान १० बजे पसेका लिम्बू र निरौला ५ः३० बजे मात्रै बाहिर निश्किएका थिए । अलि लामो समय भएको र आफु विरामी पनि भएकाले केही समस्या पर्लाकी जस्तो लागेको थियो,’  निरौलाले भने, तर कुरा गर्दैजाँदा उत्साह बड्दै गएकाले समस्या फिल भएन ’ सुरुका बिषयमा लामो कुराकानी वहस भएपनि अन्तमा छोटकरीमा कुरा गरेर टुंग्याउनु परेको उनले बताए । पहिला ६ घण्टा कुरागर्ने गरी कार्यक्रम तय भएको थियो ।
पूर्व सूचनाबिना दिनभरी दुईजनाबीच मात्रै कुराकानी हुँदा श्रोता भने अन्योलमा परेका थिए । कुराकानी त राम्रै थियो, तर दुइजना मात्रै किन बोलिरहेका छन् भनेर अलमलिएको स्टेशन नजिकै एफएफ सुनिरहेकी रुद्रकुमारी गुरुङले बताइन । फोनइन कार्यक्रम सुुन्न एफएम खोलेकी थिएँ,’ उनले भनिन, अन्तर्बाता सकिएर कार्यक्रम आउला भनेर सुनिरहें तर दिनभरी त्यही बजिरहँदा अचम्म लाग्यो । किन यतीलामो कुरा भएको भनेर जानकारी नगराउनु कमजोरी भएको सर्मिला गुरुङ बताउछिन् ।
एफएमका कार्यक्रम प्रस्तोता पनि लामो बहसको बिषयमा जानकार थिएनन् । उनिहरु एकपछि अर्को आफ्नो कार्यक्रमका लागि आएका थिए । हेलो फक्ताङ्लुङ कार्यक्रम चलाउन आएकी किपा शेर्पाले भनिन, एफएम त सुन्दै आएँ तर कति समयको भन्ने पक्तो भएन ।
नयाँ रेकर्डका लागि पहिलो पटक प्रयास गरेका आलोकले सबैलाई ससपेन्स दिन बिना जानकारी कार्यक्रम गरेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ