बिद्यालय जाँदै गरेका प्रधानाध्यापक शर्मामाथि गोली प्रहार

बिद्यालय जाँदै गरेका प्रधानाध्यापक शर्मामाथि गोली प्रहार

  • आइतवार, असार ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

जनकपुर ,११ असार ।
धनुषाको सिनरजोरास्थित विलख सर्वोदय माध्यमिक बिद्यालयका प्रधानाध्यापक नरेन्द्र शर्मामाथि आज बिहान गोली प्रहार भएको छ ।

गोली प्रहारबाट शर्मा गम्भीर घाईते हुनुभएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।
आफ्नो घर जिरो माइलबाट मोटरसाइकलमा विद्यालय जाँदै गर्दा मोटरसाइकलमै आएका दुई अज्ञात व्यक्तिले सुनसान स्थलमा मोटरसाइकल रोक्न लगाई गोली प्रहार गरी फरार भएको जनाईएको छ ।

आक्रमणकारी नम्बर नखुलेको होण्डा साइन मोटर साइकलमा आएको प्रहरीको भनाइ छ । प्रधानाध्यापक शर्मासँगै मोटर साइकलमा सवार सिराहाका आनन्द मण्डललाई केही नगरिएको भएपनि डरले उहाँ बेहोस हुनुभएको छ ।
दुवै जनालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ। आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ