नारायणगढ–मुग्लिन सडक खण्डमा भएको दुर्घटनामा ४४ जनाले ज्यान गुमाए, त्रिशूली नदीमा १९ जना बेपत्ता 

नारायणगढ–मुग्लिन सडक खण्डमा भएको दुर्घटनामा ४४ जनाले ज्यान गुमाए, त्रिशूली नदीमा १९ जना बेपत्ता 

  • शनिबार, असार १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

चितवन, १० असार ।

नारायणगढ–मुग्लिन सडक खण्डमा एक बर्षको अवधिका भएको सवारी दुर्घटनामा ४४ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा भएका दुर्घटनामा १९ जना बेपत्ता भएका छन् । ९१ जना घाइते भएका छन् ।

उक्त सडक खण्डको ३६ किलोमिटर र पृथ्वी राजमार्गको मुग्लिनदेखि मौवा खोलासम्म २० किलोमिटर गरी ५६ किलो मिटर सडक त्रिसुली किनारमा पर्छ ।

दुर्घटनामा परेका अधिकांश सवारी त्रिशूली नदीमा खस्ने र चालक तथा यात्रुको मृत्यु तथा बेपत्ता हुने गरेका छन् ।

गत आर्थिक वर्षमा सोही क्षेत्रमा तीनवटा मात्र दुर्घटना भएका थिए । जसमा दुई जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७१÷७२ मा सात वटा दुर्घटनामा सात जनाको मृत्यु, ९ जना घाइते र तीनजना बेपत्ता भएका थिए ।

चालु आर्थिक वर्षको साउन ४ गतेबाट त्रिशूली नदीमा गाडी खसेर सुरु भएको दुर्घटना आजसम्म सोही सडक क्षेत्रमा पहिरो खसेर नेपाल प्रहरीको भ्यानसहित दुई बेपत्ता र दुई जनाको मृत्यु भएको छ ।

चालु आर्थिक वर्षकै भदौ १० गते रौतहटको गौरबाट पोखरा तर्फ जाँदै गरेको रात्री बस कालिखोला नजिकै त्रिशूलीमा खस्दा २५ जनाको मृत्यु भएको थियो भने १० जना बेपत्ता र १६ जना घाइते भएका थिए ।

यस्तै असोज ९ गते पूर्व गृहमन्त्री माधव घिमिरेसमेत सवार जिप त्रिशूलीमा खस्दा घिमिरेसहित दुई जना अझै बेपत्ता हुनुहुन्छ भने चारजनाको मृत्यु र एकजना घाइते भएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्त बाटो फराकिलो बनाउने क्रममा पहाड थर्किएको र गत वर्षको भूकम्पले हल्लाएकाले समग्र सडक क्षेत्रको भूर्गव नै हल्लिएका कारण पहिरो खस्दा दुर्घटना बढेको बताउनभयो । सडकको इन्जिनियरिङ अवस्था कमजोर, चालकलाई सचेतना दिन नसकिएको, चालकको लापरर्बाही बढेको लगायतका कारण दुर्घटना बढेको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले यस आर्थिक वर्षमा यी दुई सडक खण्डमा बाटोको अवस्था र चालकको लापरर्बाहीका कारण निकै धेरै दुर्घटना भएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ