सुनसरीका बिभिन्न स्थानमा अज्ञात समुहद्धारा बम बिस्फोट , मेयर उम्मेदवारको घरमा पड्कीयो सकेटबम

सुनसरीका बिभिन्न स्थानमा अज्ञात समुहद्धारा बम बिस्फोट , मेयर उम्मेदवारको घरमा पड्कीयो सकेटबम

  • शनिबार, असार १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

सुनसरी, १० असार ।

असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिदै जादा बिभिन्न स्थानमा बम तथा संकास्पद बस्तुहरु फेला पर्ने क्रम बढेको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारको घरमा बम फेला पर्ने घटना बाहिर आएपछि आम जनमानसलाई थप त्रसित बनाएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालीकाका मेयर उमेदवारको घरको आगनमा आज बिहान बम बिस्फोट भएको जनाईएको छ ।

एमालेबाट मेयरका उम्मेदवार द्ववारिकलाल चौधरीको घरमा आज बिहान करिब ३ बजेको समयमा अज्ञात समुहले सकेटबम बिस्फोट गराएको प्रहरीले जनाएको छ ।

यस्तै बराह नगरपालीकाको महेन्द्रनगरमा पनि आज बिहान अज्ञात समुहले सिलिण्डर बम बिस्फोट गराएको जनाईएको छ । त्यस्तै आजै एकाबिहानै सोहि क्षेत्रका दुबीस्थीत कोकाकोलाको डिलर नजिकै र ईनरुवा र रामधुनीको बीचमा पनि सिलिण्डर बम बिस्फोट भएको बताईएको छ ।
घटनाबारे अनुसन्धान भईरहेको जनाउदै प्रहरीले बम बिस्फोट किन र कस्ले गरायो भन्ने नखुलेको बताएको छ ।

निर्वाचन नजिकिदै जादा बिभिन्न खालका घटनाहरु घट्न नदिन सुरक्षा ब्यावस्था कडा पारिएको जिल्ला प्रहरी कार्यलय इनरुवाले जनाएको छ । निर्वाचन सुरक्षाका लागी सुरक्षाकर्मी परिचालन गर्नुका साथै मतदानकेन्द्रहरुमा पनि सुरक्षा ब्यावस्था कडा पारिएको इप्रकाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ