काठमाडौ, १० असार ।
मोरङको बुढीगंगा ५ स्थित ग्रिन प्लाइबोर्ड उद्योगमा लागेको आगो ९ घण्टापछि निभाइएको छ ।
विद्युत सर्ट भई बिहान ४ बजेदेखि लागेको आगो १३ वटा दमकल, प्रहरी, सेना र स्थानीयबासीको प्रयासमा ९ घण्टापछि निभाइएको हो ।
आगलागीबाट करिब ६० करोड रुपैंया बराबरको क्षति भएको उद्योगका मालिक दिवाकर राठीले बताउनुभयो ।
प्लाई बनाउनका लागि सामाग्रीहरु भण्डारण गरेर राखिएकाले पनि धेरै क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट उद्योग पूर्ण रुपले जलेर नष्ट भएको जनाईएको छ ।उद्योग संयुक्त रुपमा उद्योगी जीवन रिजाल, बजरंग अग्रवाल, मनिष खेतान, रमेश आचार्य र पारस रिजालले सञ्चालन गर्दै आउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline