काठमाडौ ,१० असार ।
सुदुरपश्चिममा लोडसेडिङ अन्त्य गर्ने विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबी छलफल भएको छ ।
सुदूरपश्चिमको तीनदिने बसाईपछि काठमाडौं फर्किनु भएका दाहालले आज बिहान सुदूरपश्चिम क्षेत्रमा लोडसेडिङ हटाउने विषयमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग छलफल गर्नुभएको हो ।
चुनावी सभालाई संबोधन गर्न सुदूरपश्चिम पुग्नु भएका दाहालसँग त्यहाँका स्थानीयले देशका धेरै ठाउँमा लाडसेडिङ्ग अन्त्य भएपनि सुदुरपश्चिममा अझै लोडसेडिङ कायम रहेको गुनासो गरेका थिए ।
भेटमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन र ट्रान्सफर्मरको कारण समस्या भएको भन्दै छिट्टै सुदुरपश्चिमाञ्चलमा लोडसेडिङ अन्त्य गर्ने सम्बन्धमा पहल गर्ने प्रतिवद्धता जनाउनुभएको दाहालको निजी सचिवालयले जनाएको छ ।