निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा , भोलीबाट मतदाता परिचयपत्र वितरण

निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा , भोलीबाट मतदाता परिचयपत्र वितरण

  • शनिबार, असार १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ ,१० असार ।
आगामी असार १४ मा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन हुने तीन वटै प्रदेशका ३५ जिल्लाका मतदान कार्यलयमा आज बेलुकीसम्ममा मतदान अधिकृत पुग्ने आयोगका प्रवक्त सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

आयोगका अनुसार भोलीबाट सम्बन्धीत मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गरिनेछ । भोलीबाट तीन दिनसम्म तोकिएको मतदान केन्द्रबाट मतदाता परिचय पत्र लिन सकिने जनाएको छ ।

यस्तै निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने तीन प्रदेशका मतदातालाई उत्साहपूर्वक सहभागी हुन आग्रह गरेको छ । आफ्नो मताधिकारलाई स्वातन्त्र रुपमा प्रयोग गर्न आयोगले आम मतदातालाई आह्वान गरेको हो ।

आयोगका प्रवत्ता शर्माले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था चुस्त रुपमा मिलएकाले निर्धाक्का भएर निर्वाचनमा सहभागी हुन मतदातालाई आग्रह गर्नुभयो ।

दोस्रो चरणमा प्रदेश नम्बर ४, ५ र ७ का ३५ जिल्लामा स्थानीय जनप्रतिनिधि चयनका लागि निर्वाचन हुदैछ । निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता सहभागी हुने आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ