काठमाडौ, १० असार ।
प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान परिस्थितिमा संविधान कार्यन्वयन ठूलो चुनौतीको रुपमा रहेको बताउनु भएको छ । स्थानीय तहसँगै प्रान्त र संघको निर्वाचन गराएर संविधान कार्यन्वयन गर्नु सरकारको चुनौती रहेको देउवाले बताउनु भयो ।
महेन्द्रनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले दोस्रो चरणको निर्वाचन लगत्तै संविधान संशोधन प्रक्रिया अघि बढाउने प्रतिवद्धता समेत जनाउनु भएको छ ।
उहाँले आन्लोदनरत राजपाको माग सम्बोधन गरी दुई नम्बर प्रदेशमा तेस्रो चरणको निर्वाचन सम्पन्न भएपछि राजनितिक विवादलाई सादाका लागि अन्त्य गर्ने धारणा राख्नुभयो ।
नेपाली कांग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवा सुदुरपश्चिमका विभिन्न स्थानमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न हिजो धनगढी जानु भएको थियो ।
प्रधानमन्त्री देउवा असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचन सकेपछि मात्र काठमाडौ फर्किने उहाँको निजी सचिवालयले जनाएको छ ।