ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने विशेष प्रस्ताव पारित

ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने विशेष प्रस्ताव पारित

  • शुक्रबार, असार ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ ,९ असार ।
ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारण सभाले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सम्बन्धि विषेश प्रस्ताव पारित गरेको छ । बैंकको मिति २०७४÷०३÷०९ गते काठमाण्डौमा बसेको विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको रिलायबल डेभलपमेन्ट बैंकको चुँक्ता पूँजी १ अर्ब १ करोड ४ लाख रहेको छ ।
सभाले रिलायबल डेभलपमेन्ट बैंक लि. को १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंक लि. को ८२.९० कित्ता शेयर दिने गरी शेयर स्वाप अनुपात कायम गर्नेसहितको विषेश प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । सो प्राप्ती पश्चात् ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड ३ लाख पुग्नेछ भने शाखा संख्या ११२, एटिएम ११४, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ शाखारहित बैंकिङ्ग सेवा तथा ग्राहक संख्या ७ लाख भन्दा बढि पुग्नेछ । साथै यहि असार मसान्त सम्ममा दुबैं बैंकवीच एकिकृत कारोबार गर्ने लक्ष्य ग्लोबल आइएमई बैंकले लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी