रसियन राजदुत र गृहमन्त्री शर्माबिच भेट

रसियन राजदुत र गृहमन्त्री शर्माबिच भेट

  • शुक्रबार, असार ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

असार ९, काठमाडौं– नेपालका लागि रसियन राजदुत आन्द्रेइ एस बुडनिक र गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बिच शिष्टाचार भेटबार्ता भएको छ ।
गृहमन्त्रालयमा शुक्रवार भएको भेटघाटक्रममा राजदुत बुडनिकले विपत पुर्व तयारी तथा प्रतिकार्यको क्षेत्रमा नेपाल सरकार र रसिया सरकारबिच आपसी सहयोग तथा सुचना आदान प्रदानका लागि रसियाले सन २०१५ मा नेपालसँग समझदारी पत्रका लाागि गरेको प्रस्ताव बारे जिज्ञासा राखेका थिए । मन्त्री शर्माले केही दिनको गृहकार्य पश्चात समझदारी पत्रमा हस्ताक्षर गर्न सकिने बताए ।
यसैगरी मन्त्री शर्माले आफु उर्जामन्त्री भएको बेला प्रस्ताव गरेको हाईड्रोपावर प्रोजेक्ट निर्माणबारे चासो राखेका थिए ।
राजदुत बुडनिकले नेपाली सेनाका लागि आवश्यक एमआई सेभेन्टीन हेलिकप्टर लगायतका सामाग्रीहरुको खरिदका लागि समेत प्रस्ताव राखे । मन्त्री शर्माले जवाबमा सम्वन्धीत मन्त्रालय तथा बजेटका बारेमा बुझेर अर्को भेटमा जानकारी गराउने बताए ।
रसिया र नेपालबिच सन २०१६, जलाई २०मा क’टनितीक सम्बन्ध स्थापना भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ