नेपाल–भारत सीमासम्बन्धी बैठक सम्पन्न , के के भयो निर्णय ? 

नेपाल–भारत सीमासम्बन्धी बैठक सम्पन्न , के के भयो निर्णय ? 

  • शुक्रबार, असार ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, ९ असार । नेपाल–भारत सीमासम्बन्धी ‘नापी पदाधिकारी समिति’को छैटौँ बैठक राजधानीमा सम्पन्न भएको छ ।

नेपालको तर्फबाट नापी विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठ तथा भारतका तर्फबाट सर्भे अफ इन्डिया, उत्तराखण्डका निर्देशक राजिभ श्रीवास्तवको नेतृत्वमा सम्पन्न बैठकमा यस वर्षको नेपाल–भारत सीमासम्बन्धी सर्भेक्षण कार्यको समीक्षा गरिएको नापी विभागले जनाएको छ । बैठक असार ७ गतेदेखि सुरु भएको थियो ।

बैठकमा सीमा सर्भेक्षणसम्बन्धी सन् २०१४ मा ‘सीमा कार्य समूह’ गठन भए पश्चात् भएका उपलब्धि एवम् प्रगतिको समेत समीक्षा गरिएको थियो । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत कुल आठ हजार ५५३ सीमा स्तम्भमध्ये चार हजार ६० सीमा स्तम्भको निरीक्षण गरिएको छ ।

निरीक्षण सम्पन्न भएका सीमा स्तम्भमध्ये हालसम्म एक हजार ४७० सीमा स्तम्भको मर्मत भएको र ६०३ नयाँ सीमा स्तम्भ निर्माण भएको विभागले जनाएको छ ।

नापी पदाधिकारी समितिको अर्को बैठक आगामी सेप्टेम्बर महिनामा भारतमा हुनेछ । आगामी सन् २०१७ को अगष्टमा हुने सीमा कार्य समूहको बैठकले सो बैठकबारे निर्णय गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ