चर्को आलोचनापछि काठमाण्डौ महानगरको यस्तो निर्णय : मोबाइल फोन बाँड्ने निर्णय तत्काल कार्यान्वयन नहुने

चर्को आलोचनापछि काठमाण्डौ महानगरको यस्तो निर्णय : मोबाइल फोन बाँड्ने निर्णय तत्काल कार्यान्वयन नहुने

  • शुक्रबार, असार ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, ९ असार । काठमाडौँ महानगरपालिकाले स्थानीय निकायका जनप्रतिनिधिलाई मोबाइल फोन बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।

चर्को आलोचनापछि नगर कार्यपालिकाका सदस्यलाई मोबाइल बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय केही समयअघि महानगरका प्रमुख विद्यासुन्दर शाक्यसहितको बैठकले गरेको छ ।

महानगरको हालै बसेको नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधिलाई रु ३० हजारको मोबाइल बाँड्ने निर्णय गरेको थियो । यसको चौतर्फी आलोचनापछि कार्यान्वयन नगर्ने निर्णय गरिएको हो ।

काठमाडौँ महानगरपालिकाको बोर्ड बैठकले ८८ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई घरमै स्वास्थ्य सेवा दिने निर्णय गरेको छ । असार १५ गतेदेखि चिकित्सकको टोली पठाएर वृद्धवृद्धाको घरमै स्वास्थ्य जाँच गर्ने महानगरले निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ