घोषणापत्र जारी गर्दै जनप्रतिनिधिको भेला सम्पन्न

घोषणापत्र जारी गर्दै जनप्रतिनिधिको भेला सम्पन्न

  • शुक्रबार, असार ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

सुर्खेत, ९ असार । एक्काइस बुँदे सुर्खेत घोषणापत्र जारी गर्दै प्रदेश नं ६ का जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम विहिवार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा आयोजित “स्थानीय तह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण” कार्यक्रमको समापन अवसरमा जारी उक्त घोषणापत्रमा स्थानीय समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्न स्थानीय तहभित्रकै प्राकृतिक स्रोत साधनको अधिकतम परिचालन र उपयोग गरी आर्थिक समृद्धि हासिल गर्ने उल्लेख छ ।

घोषणपत्रमा पर्यटन प्रवद्र्धनका लागि स्थानीय स्रोत साधनको परिचालन गर्ने, काँक्रेविहार, रारा, से–फोक्सुन्डो, पचाल झरना, रलिङ्ग्रम्चा, मानसरोवर र सिंजा सभ्यतालगायतका सांस्कृतिक, धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थलहरुको विकास, विस्तार र संरक्षणका लागि गुरुयोजना तयार गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिने, प्रदेश सडक गुरुयोजना निर्माण गरी जिल्ला, नगर र गाउँपालिकालाई केन्द्रसम्मको सडक सञ्जालमा जोड्ने, प्रदेश नं ६ मा भएका सम्भावित क्षेत्रमा हाइड्रोपावर सञ्चालन गर्ने तथा वायु ऊर्जाको सम्भाव्यता अध्ययन गरी परियोजना तयार गर्ने उल्लेख छ ।

त्यस्तै सिँचाइ सुविधा नपुगेका क्षेत्रमा सिँचाइको व्यवस्था गर्ने, ‘एक जिल्ला एक पहिचान, एक गाउँ एक उत्पादन’लाई विशेष प्राथमिकता दिइने, स्थानीय उद्यमशीलता तथा रोजगारीको प्रवद्र्धन गर्ने, नगर तथा गाउँपालिकाको केन्द्र जोड्ने पक्की सडक सञ्जाललाई विस्तार गर्ने, आयआर्जनमा वृद्धि गरी जीवनस्तरमा सुधार ल्याउने, सिंजा राज्यको मूल मार्ग बर्दिया राजापुरको मङ्गलबारेदेखि मुगु नाम्चे लाग्ना जो मार्गलाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र बनाउनेजस्ता साझा प्रतिबद्धता घोषणापत्रमा गरिएको छ ।

कार्यक्रममा प्रदेश नं ६ का ७९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ