काठमाडौ ,९ असार ।
अलग गोर्खालयाण्डको माग गर्दै भारतको दार्जीलिङमो आन्दोलन चर्किएपछि त्यसको प्रत्यक्ष असर नेपालका पूर्वी बजारहरुमा देखिएका छन् ।
आन्दोलनका कारण इलामको पशुपतिनगर, श्रीअन्तु, समालबुङ लगायतका बजारमा चहलपहल कम भएको छ । दार्जीलिङ, मिरिक, कालिम्पोङ, खर्साङ लगायतका क्षेत्रमा भएको आमहडतालले सीमावर्ती नेपाली बजारको व्यापार अहिले ठप्प भएको हो ।
दिनहूँ १५ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुने पशुपतिनगर बजार अहिले ठप्प छ । बन्द–हडताल नहुँदा पशुपतिनगर नाका भएर दिनमा ३ ट्रकसम्म तरकारी भारत जाने गरेको थियो ।
यस्तै आन्दोलनका कारण किसानहरु पनि मारमा परेका छन् । तरकारी बेच्ने मुख्य सिजनमै दार्जीलिङ बन्द भएपछि बारीमै तरकारी कुहिन थालेको स्थानीय भनाई छ । दैनिक ३० हजार रुपैयाँसम्म राजश्व संकलन हुने भन्सारमा अहिले राजश्व समेत शून्य भएको छ ।
बन्द भारतमा भए पनि त्यसको प्रत्यक्ष असर सबैभन्दा बढी पशुपतिनगरमा देखिएको पशुपतिनगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताउनुभयो ।