बाँके ,९ असार ।
बाँकेको कोहलपुरस्थित राजश्व अनुसन्धान कार्यलयका दुई अधिकृत घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनुसन्धान अधिकृत भिमप्रसाद घिमिरे र कम्प्युटर अधिकृत गोविन्दबहादुर शाही रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले गएराति करिब ८ बजे मध्य तथा सुदूरपश्चिम क्षेत्रीय कार्यालयमा कार्यरत घिमिरे र शाहीलाई घुससहित पक्राउ गरेको हो ।
सेवाग्राहीबाट नियन्त्रणमा लिएको भ्याटबिल तथा स्टिमेट मिलाईदिने भन्दै पाँच लाख ७० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनीहरुलाई कार्यालयबाटै नियन्त्रणमा लिएको जनाइएको छ ।
अख्तियारको कोहलपुरस्थित कार्यालयले अहिलेसम्म २४ जना सरकारी कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ । जसमा १७ जना बाँकेका बिभिन्न कार्यालयका कार्यरत कर्मचारी रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline