त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द

  • शुक्रबार, असार ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडाैँ ,९ असार ।

आपतकालीन उडानको पुर्व अभ्यासका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टाका लागि बन्द गरिने भएको छ । सुरक्षा अभ्यासका लागि अपरान्ह साढे ४ बजेदेखि ५ बजेसम्म पूर्ण रुपमा बन्द गर्न लागिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय नागरिक उड्यनन संस्था (आइकाओ) को नियम अनुसार अन्तराष्ट्रिय मान्यताप्राप्त विमानस्थलले प्रत्येक २ वर्षमा फुल स्केल इमर्जेन्सी एक्सरसाइज गर्नुपर्ने भएकाले बन्द गर्न लागिएको प्रवक्ता ठाकुरले बताउनुभयो । प्रवक्ता ठाकुरले ३० मिनेट विमानस्थल पूर्ण रुपमा बन्द गरेर बिमान दुर्घटना र त्यसपछि हुने उद्धारको अभ्यास गरिने जानकारी दिनुभयो । अभ्यासका लागि एयरबसको ए ३३० सिरिजको जहाज छनौट गरिएको छ ।

जसमा १ सय ८० जना यात्रु रहनेछन् । सो जहाज पेप्सीकोला क्षेत्रमा सांकेतिक रुपमा दुर्घटना हुने र त्यसको उद्दारका लागि उपलब्ध हरेक प्रयास गरिने ठाकुरले बताउनुभयो । अभ्यासका क्रममा जहाज दुर्घटनाका घाइते यात्रुलाई हेलिकप्टरमार्फत ग्रान्डी अस्पताल पुरयाउने योजना बनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ