शीर्ष नेताहरु चुनाव प्रचारप्रसारमा व्यस्त ,काे कहाँ जादै छन् ?

शीर्ष नेताहरु चुनाव प्रचारप्रसारमा व्यस्त ,काे कहाँ जादै छन् ?

  • शुक्रबार, असार ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडाैँ ,९ असार ।

निर्वाचन प्रसार प्रसार गर्ने समय सकिन २ दिन मात्र बाँकी रहँदा दोस्रो चरणमा निर्वाचन हुने ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहको चुनाब प्रचारले तिब्रता  पाएकाे छ ।

कग्रेस सभापति एवम प्रधानमन्त्री शेर बहादुर देउवा आज धनगढी जाँदै हुनुहुन्छ । त्यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि हिजैबाट प्रदेश नम्बर ५ का विभिन्न जिल्लामा सक्रिय हुनुहुन्छ । एमाले अध्यक्ष केपी ओली गृह जिल्लामा ३ दिन चुनावी सभा गरेर फर्कनु भएको छ । कांग्रेस नेता सिटौला भने केहिदिनयता गृहजिल्ला झापामै व्यस्त हुनुहुन्छ ।

एमाले वरिष्ठ नेता एवम पुर्व प्रधानमन्त्री झलनाथ खनाल ईलामका विभिन्न स्थानमा व्यस्त रहँदा अर्का पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल आज उदयपुर, बिराटनगर लगायतका स्थान जाने कार्यक्रम छ । माओवादी केन्द्रका अध्यक्ष एवम पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल आज पनि पशिचमका जिल्लाहरुमा व्यस्त रहनुहुने उहाँको नीजि सचिवालयले जनाएको छ ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छेदार मोरङ सुनसरी लगायतका जिल्लामा व्यस्त रहनुभएको छ ।   संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्र र विवेकशील पार्टीकी रञ्जु दर्शनापनि चुनावी प्रचारका क्रममा पुर्वका विभिन्न जिल्लामा निस्किएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ