माओवादी मेयर उम्मेदवारको घरमा शुक्रबार बिहान बम विस्फोट

माओवादी मेयर उम्मेदवारको घरमा शुक्रबार बिहान बम विस्फोट

  • शुक्रबार, असार ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

असार ९,कैलाली।  कैलाली जिल्लाको गोदावरी नगरपालिकाका माओवादी मेयर उम्मेदवारको घरमा शुक्रबार बिहान बम विस्फोट भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बास बसेको घरबाट १ किलोमिटरको दूरीमा रहेको गोकर्ण भट्टको घरमा शुक्रबार बिहान २ः४५ बजे सुतली बम बिस्फोट भएको हो ।

प्रचण्ड बिहीबार बेलुका माओवादी केन्द्रका नेता लेखराज भट्टको गोदावरी नगरपालिकास्थित घरमा बास बसेका थिए ।

बिस्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने नभएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

मेयर उम्मेदवार भट्ट माओवादी केन्द्रका नेता लेखराजका भाइसमेत हुन् । बम कसले विस्फोट गरायो भन्नेबारे केही खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

बम विस्फोटपछि प्रहरीले यो क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ