नेपाली बुलेटमा भारतबाट ग्यास ढुवानीको पहल गरिदिन परराष्ट्रलाई निर्देशन

नेपाली बुलेटमा भारतबाट ग्यास ढुवानीको पहल गरिदिन परराष्ट्रलाई निर्देशन

  • शुक्रबार, असार ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडाैँ ,९ असार ।

संसद्को उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ताहित उपसमितिले भारतबाट ग्यास ल्याउने नेपाली बुलेटलाई प्रज्वलनशील पदार्थ बोक्ने अनुमति (एक्सप्लोसिभ पर्मिट) लिनका लागि पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

आपूर्ति मन्त्रालय, आयल निगम र ग्यास उद्योगी भारतबाट एक्सप्लोसिभ परमिट लिन असफल भइरहेका छन् । विगत ९ महिनादेखि भारतको नागपुरस्थित एक्सप्लोसिभ डिपार्टमेन्टसँग मन्त्रालय, निगम र उद्योगीले नेपाली नम्बर प्लेटका बुलेटमा भारतबाट ग्यास ढुवानीको अनुमति लिन पहल गरे पनि सफल भएका छैनन् । उनीहरूको प्रयासले नभएपछि कूटनीतिक च्यानलमार्फत परमिट पाउने गरी पहल गर्न उपसमितिले परराष्ट्रलाई निर्देशन दिएको हो ।

बिहीबारको बैठकमा समिति संयोजक शुभाषचन्द्र ठकुरीले नेपाली नम्बर प्लेटका बुलेटमा ग्यास ढुवानी गर्ने निर्णय गरे पनि भारतको एक्सप्लोसिभ विभागबाट अनुमति लिएर बुलेट सञ्चालन गर्ने विषयमा सरकारी निकायले तदरुकता नदेखाएको बताए । ‘नेपाली नम्बर प्लेटका बुलेटमा ग्यास ओसार्ने निर्णयलाई कार्यान्वयन गर्ने गरी भारतको सरकारी नियकासँग समन्वयन गर्न सरकारले उचित पहल गर्न नसकेको देखिन्छ,’ उनले भने ।

बैठकमा आपूर्तिसचिव प्रेमकुमार राईले परराष्ट्र मन्त्रालयमार्फत प्रभावकारी कूटनीतिक पहल भए मात्रै नेपाली नम्बरका बुलेटले भारतबाट ग्यास ल्याउन सक्ने बताए । उनले एक्सप्लोसिभ विभागले भारतभित्र सञ्चालन हुने बुलेटलाई मात्रै परमिट दिन सक्ने भनेर प्रक्रियामा ढिलाइ गरिरहेको जानकारी दिए । आपूर्तिसचिव प्रेमकुमार राईले बुलेट निर्माण हुँदा नै विस्फोटक पदार्थ बोक्न सक्ने वा नसक्ने विषय प्रमाणित हुने बताए । ‘बुलेट निर्माण भइसक्दा एक्सक्लुभिस सर्टिफाइट भइसक्छ र त्यसलाई सरकारी निकायले आधिकारिकता मात्रै दिने हो,’ उनले भने, ‘तर पनि यहाँ किन खेल भइरहेको छ, बुझ्नु जरुरी छ ।’ उनले प्रभावकारी कूटनीतिक पहल र भारतीय सरकारी निकायको इच्छाशक्ति भए १०-१५ दिनमा लाइसेन्स पाउने नत्र वर्षौंसम्म लाग्ने पनि बताए । पेट्रोलियम पदार्थ प्रज्वलनशील पदार्थ भएकाले ढुवानीका लागि एक्सप्लोसिभ विभागबाट परमिट लिनुपर्ने प्रावधान छ ।

बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानाले नेपालस्थित भारतीय दूतावास र भारतस्थित नेपाली दूतावासमार्फत बुलेटलाई सञ्चालन अनुमति प्रदान गर्नका लागि पहल गरिरहेको जानकारी दिए । बैठकमा आयल निगमका निर्देशक दीपक बरालले एक्सप्लोसिभ परमिट दिन अहिलेसम्म भारतले आनाकानी नगरे पनि ग्यासमा ढिलाइ गर्नु आश्चर्य भएको बताएकाे नयाँ पत्रिकामा खबर छ  । ‘पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन बोक्ने ट्यांकरको एक्सप्लोसिभ परमिट बर्सेनि नवीकरण हुँदै आएको छ, व्यवसायी आफैँले पहल गरेर सजिलै नवीकरण भइरहेको छ,’ उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी