युवतीलाई अपहरणपछि सामुहिक बलात्कार गर्ने चार पक्राउ

युवतीलाई अपहरणपछि सामुहिक बलात्कार गर्ने चार पक्राउ

  • बिहिबार, असार ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

८ असार,महोत्तरी । ब्युटिसियन युवतीलाई सामुहिक बालात्कारपछि फरार रहेको चार आरोपीलाई पक्राउपछि आज प्रहरीले सार्वजानिक गरेको छ ।

बाह्र दिनअघि आरोपीहरुले गएको जेठ २८ गते महोत्तरीको औरही बजारमा संचालन गरेको ब्युटी पार्लर बन्द गरेर साइकलमा घर फर्किदै गरेकी २० बर्षीया युवतीलाई साँझ आँपबारी नजिकैको खेतमा लगी सामुहिक बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

औरही गाउँपालिका २ का २० बर्षीय अनिकेत यादव, सुरेश यादव, २१ वर्षीय रमेश पंजियार, २२ वर्षीय सुनिल साहलाई सार्वजनिक गरेको प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पीडित पक्षको जाहेरीका अधारमा प्रहरीले यसअघिनै सुनिल साहमाथि जर्बजस्तीकरणीको मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको छ । चारैजनाले युवतीलाई सामूहिक बलात्कार गरेको स्वीकार गरेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार मुखमा रुपमाल बाँधेर बाटो ढुकेर बसेका युवा समूहले साइकल चलाउँदै आइरहेको युवतीलाई नियन्त्रणमा लिएर बालात्कार गरेको पत्ता लागेको छ ।

सामुहिक बलत्कारमा संलग्नहरुलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग ब्युटिसियनले गरेका छन् । उनीहरुले दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग गर्दै बिहीबार बर्दिबासमा विरोध प्रदर्शन समेत गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ