पत्रकार महासंघको २५औं महाधिवेसन भदौमा सर्यो

पत्रकार महासंघको २५औं महाधिवेसन भदौमा सर्यो

  • बिहिबार, असार ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

८ असार,काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेसन आगामी भदौ ४ र ५ गते हुने भएको छ ।

आज बसेको महासंघको सचिवालयको बैठकले २५औं महाधिवेसन राजधानीको प्रज्ञाभवनमा गरिने निर्णय गरेको हो । बैठक अध्यक्ष महेन्द्र विष्टको अध्यक्षतामा बसेको थियो ।

महाधिवेसन मिति सारिनुमा स्थानीय निर्वाचनलाई कारण बनाइएको छ । यो दोस्रोपटक सारिएको हो । यसअघि महासंघ विधानअनुसार बैशाख २०–२१ मा हुने भनिएकोमा पहिलो चरणको स्थानीय चुनावलाई कारण बनाई असार २२–२३ गतेलाई तोकिएको थियो ।

‘महासंघका संरचना र सरोकारवाला संघसंगठन र अग्रजहरूसँग समेतको परामर्श, मौसमको प्रतिकूलता एवं महाधिवेशन गर्न निर्विकल्पजस्तै रहेको सभास्थलको उपलब्धतासमेतलाई मध्यनजर गरी परिस्थितिजन्य बाध्यता र सहभागीको सहजताको निम्ति आवश्यकताको सिद्धान्तको आधारमा महासंघको २५औं महाधिवेशन २०७४ भदौ ४ र ५ गते काठमाडौंको प्रज्ञा भवनमा गर्ने निर्णय भएको छ’ महासचिव उजिर मगरद्वारा बैठकपछि बिहीबार जारी गरिएको प्रेस विज्ञिप्तमा भनिएको छ ।

महाधिवेशनका प्रस्ताव र कार्यक्रमहरू यस अघि सम्प्रेषण गरिए अनुसार हुने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै सम्पूर्ण केन्द्रीय प्रतिनिधिहरुलाई नयाँ मितिमा सहभागी हुन उक्त विज्ञप्तिमार्फत जिल्ला, प्रतिष्ठान र एसोसिएट शाखाहरुलाई जानकारी दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ