काठमाडौं,असार ८ ।
सरकारले बुधवारबाट भुकम्प पिडितलाई गोलाप्रथाद्धारा ट्याक्सी नम्बर वितरण गरेको छ । विभागका अनुसार नम्बर पाएपछि भुकम्प प्रभावितहरु आफैले पैसा तिरेर किन्ने वा बैक मार्फत किन्ने भन्ने निर्णय स्वयंले गर्नुपर्नेछ ।
२०७२ साल बैशाखको महाभूकम्पबाट प्रभावित १४ जिल्लाका परिवारलाई सहुलियतमा उपलब्ध गराउने घोषणा गरेअनुसार ललितपुरको च्यासलस्थित फुटबल मैदानमा गोलाप्रथाद्धारा भूकम्प प्रभावितका परिवारलाई ट्याक्सी नम्बर वितरण कार्य भईरहेको छ ।
पहिलो दिन काभ्रे, नुवाकोट र रामेछापका भूकम्प प्रभावितलाई ट्याक्सी नम्बर वितरण गरिएको हो । विभागका अनुसार काभ्रेमा २०१, रामेछापमा १६५ र नुवाकोटमा १२५ भूकम्पपीडितले ट्याक्सी नम्बर पाएका छन् ।
त्यसैगरी आज दोस्रो दिन दोलखाका २ सय १४, सिन्धुलीका ४६, सिन्धुपाल्चोकका २ सय ५३ भूकम्पपीडितले ट्याक्सी नम्बर पाएका छन् ।
शुक्रबार अर्थात तेस्रो दिन काठमाडौ, ललितपुर, भक्तपुर, धादिङ, गोरखा, रसुवा, मकवानपुर र ओलढुङ्गा जिल्लामा वितरण गरिनेछ ।
काठमाडौंका ९५, ललितपुरका ७२, भक्तपुरका ४३, मकवानपुरका ३१, धादिङका १ सय १७, ओखलढुगाका ३०, गोरखाका ७८ र रसुवाका ३० भुकम्प प्रभावित परिवारले ट्याक्सी नम्बर पाउने छन् ।
सरकारी निर्णय अनुसार यातायात व्यवस्था विभागले ती जिल्लामा १५ सय वटा ट्याक्सी नम्बर वितरण गर्न साउन ५ देखि भदौ ५ गते सम्म निवेदन आव्हान गरेको थियो । १ लाख ५१ वटा आवेदन मध्येबाट विभागले १ लाख ४९ हजार ५ सय ५१ जनाको नाम सुचीमा निकालेको थियो । आवेदकको संख्या बढेपछि सरकारले गोलाप्रथाबाट १५ सय ट्याक्सी नम्बर वितरण गर्न लागेको हो ।
विभागका अनुसार नम्बर पाएपछि भुकम्प प्रभावितहरु आफैले पैसा तिरेर किन्ने वा बैक मार्फत किन्ने भन्ने निर्णय स्वयंले गर्नुपर्नेछ ।
[gview file=”https://www.mirmireonline.com/wp-content/uploads/2017/06/Ramechhap-Taxi.pdf”]