फास्ट ट्रयाक निर्माणका लागि कार्यविधि पारित

फास्ट ट्रयाक निर्माणका लागि कार्यविधि पारित

  • बिहिबार, असार ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौ ,८ असार ।
सरकारको महत्वपूर्ण परियोजना काठमाडौ तराई दु्रत मार्ग छिटो बनाउने सम्बन्धी कार्यविधि पारित भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले काठमाडौँ–तराई–मधेस जोड्ने दूत मार्ग छिटो बनाउने सम्बन्धी कार्यविधि पारित गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो कार्यविधि पारित गरेको अर्थमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सो मार्ग सरकार आफैले बनाउने अघिल्लो सरकारको निर्णय अनुसार नेपाली सेनालाई जिम्मा दिइएको थियो । बैठकले स्वास्थ्य मन्त्रालयका सचिवमा डा किरण रेग्मीलाई बढुवा समेत गरेको छ ।

यस्तै बैठकले एसियाली विकास बैङ्कले सहरी विकासका लागि दिने १५० मिलियन अमेरिकी डलरको सहुलियत ऋण ग्रहण गर्नका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ