भूकम्पपीडितलाई आज दोस्रो दिन पनि ट्याक्सी नम्बर प्लेट वितरण गरिदै

भूकम्पपीडितलाई आज दोस्रो दिन पनि ट्याक्सी नम्बर प्लेट वितरण गरिदै

  • बिहिबार, असार ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, असार ८ ।
सरकारले आज दोस्रो दिन पनि भुकम्प पिडितलाई ट्याक्सी नम्बर प्लेट वितरण गर्दै छ । यातायात व्यवस्था विभागले ललितपुरको च्यासल फुटबल ग्राउन्डमा सर्वसाधारणकै उपस्थितिमा गोला प्रथा गरी तीन दिन सम्म नम्बर प्लेट वितरण गर्न लागको हो ।

आज दोस्रो दिन दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका पाँच सय १३ जनालाई पनि गोला प्रथाबाट नै ट्याक्सी नम्बर प्लेट वितरण गरिने छ । यी तीन जिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ५१ हजार ३ सय १२ जनाले आवेदन दिएका थिए ।

यस्तै भोली तेस्रो तथा अन्तिम दिन काठमान्डौ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, ओखलढुंगा, गोरखा र रसुवाका चार सय १६ जना भुकम्प पिडितलाई ट्याक्सी नम्बर वितरण गरिने छ ।

यी आठ जिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ४९ हजार ३ सय ११ जनाले आवेदन दिएका थिए । यस अघि हिजो पहिलो दिन काभ्रेपलान्चोक, नुवाकोट र रामेछापका चार सय ९१ जनालाई गोला प्रथाबाट ट्याक्सी नम्बर वितरण गरिएको थियो ।

पहिलो दिन नुवाकोटका १ सय २५, काभ्रेका २ सय १ र रामेछापका १ सय ६४ जना गोलाप्रथाद्वारा ट्याक्सी नम्बरका लागि छनोट भएका हुन् । विभागले सबै आवेदकलाई एउटै बाकसमा हालेर गोला प्रथ ागर्न असम्भव भएकाले जिल्ला अनुसार कोटा निर्धारण गरेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी