आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने जिम्मा अनुगमन समितिलाई

आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने जिम्मा अनुगमन समितिलाई

  • बिहिबार, असार ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ ,८ असार ।
निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने तीन प्रदेशमा अनुगमनका लागि सहसचिवस्तरका ३५ सदस्यीय उच्चस्तरीय अनुगमन टोली खटाएको छ ।

अनुगमन समितिलाई निर्वाचन आचारसंहित विपरित काम गर्ने दल तथा दलका उमेदवारलाई कारबाही गर्ने अधिकार समेत दिएको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो ।

विभिन्न जिल्लाबाट निर्वाचन आचार संहिता विपरितका गतिविधि बढेको समाचार भएपछि आयोगले अुनगमन गर्न लागेको हो । त्यस्तै निर्वाचनमा दल तथा तीनका कार्यकर्ताले गर्ने गतिविधिको सुक्ष्म अध्यनका लागि हिजोबाट ७५ जनाको टोली खटाएको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच पहिलो चरणको निर्वाचनमा अधिक मत बदर भएपछि आसन्न दोस्रो चरणको निर्वाचन कार्यक्रमलाई लक्षित गरी मतदाता शिक्षा कार्यक्रमलाई पनि तीव्रता दिएको आयोगले जनाएको छ ।

दोस्रो चरणमा निर्वाचन हुने तीन प्रदेशमा ३८ जना निर्विरोध निर्वाचित भइसकेका छन् । दोस्रो चरणमा प्रदेश नम्बर ४, ५ र ७ का ३५ जिल्लामा निर्वाचन हुदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ