मतदाता शिक्षा विषयक अभिमूखिकरण कार्यक्रम सम्पन्न

मतदाता शिक्षा विषयक अभिमूखिकरण कार्यक्रम सम्पन्न

  • बुधबार, असार ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

हसुलिया, ७ असार । दलित महिला अधिकार मञ्च कैलालीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा बढि भन्दा बढि मत सदर गर्न मतदाता शिक्षा विषयक अभिमूखिकरण कार्यक्रम सञ्चालन गरेको थियो ।
मञ्चले कैलारी गाउँपालिकाको हसुलिया, बसौटी र उदासीपुरका तिन सय साठी जना महिला, दलित तथा सिमान्तकृत सामुदायलाई मतदाता शिक्षाबारे जानकारी दिएको कार्यकारी निर्देशक सावित्रा घिमिरले जानकारी दिईन् ।
कार्यक्रममा दोस्रो चरणको स्थानीय तहको निवार्चन पछि बन्न लागेको संरचनाबारे सहभागीहरुलाई जानकारी दिदै उनले नेता छान्नमा त्रृती नगर्न आग्रह समेत गरिन् ।
उनले स्थानीय सरकार बलियो बनाउन नेता र नीति दुबैलाई बलियो बनाउन जरुरी रहेकोले मत बदर नगरिकान सही उम्मेदवार छनौट गर्न मतदाता शिक्षाको अभियान चलाएको बताईन् ।
स्थानीय सरकार सिंहदरवार बराबरको सुविधा सम्पन्न हुने भएकोले स्थानीय तहमा विजय हुने उम्मेदवारहरुले स्थानीय स्तरमै आर्थिक श्रोतको व्यवस्थापन गर्न सक्ने नीतिको आवश्यक रहेको घिमिरेको भनाई थियो ।
कार्यक्रम महिला, दलित तथा सिमान्तकृत सामुदायलाई लक्षित गरि मत पत्रको बारेमा जानकारी, भोट हाल्ने तरिका र मत पत्रमा स्वास्तिक छाप लगाई पत्तयाउने तरिका बारे जानकारी दिएको थियो ।

पहिलो चरणको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको कारण धेरै मत बदर भएको निर्देशक घिमिरेले बताईन् ।
उनले दोस्रो चरणको निर्वाचन यही असार १४ गते हुना गइरहेको निर्वाचनमा बदर मत कम गर्ने उदेश्यले सो अभियान सञ्चालन गरेको बताइन् ।

कार्यक्रममा दलित महिला अधिकार मञ्चको कोषअध्यक्ष कमला विक, सचिब उन्नती चौधरी, दलित महिला अधिकार मञ्च अन्तर्गत महिला सशक्तिकरण कार्यक्रम संयोजन रोशा थापा, निर्वाचन स्वयमसेविका लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ