ललितपुर, असार ७ ।
ललितपुरमा युवतीहरुबीच विवाद हुँदा दुई समुहबीच झडप हुदा एक समूहले छुरा प्रहार गर्दा १७ वर्षीया कोपिला गिरी घाइते भएकी छन् ।
युवतीहरुको समूहले छुरा प्रहार गर्दा काभ्रे, बनेपा बस्ने कोपिला घाइते भएकी हुन् । मंगलबार ललितपुर महानगरपालिका–१५, सातदोबाटो चोक नजिक महिलाहरुको दुई समुहबीच झडप भएको प्रहरीले जनाएको छ ।
बानेश्वर बस्ने सलिना राई लगायत ५ जनाको समूहले पुरानो विवादका कारण कोपिलालाई छुरा प्रहार गरेको बताइएको छ ।
घाइते कोपिलालाई उपचारका लागि धापाखेलस्थित सुमेरु अस्पतालमा पठाइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न चार युवतीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline