काठमाडौं, असार ७ ।
सरकारले आजदेखि १४ जिल्लाका एक हजार पाँच सय भुकम्प पिडितलाई ट्याक्सी नम्बर प्लेट वितरण गर्दै छ ।
यातायात व्यवस्था विभागले ललितपुरको च्यासल फुटबल ग्राउन्डमा सर्वसाधारणकै उपस्थितिमा गोला प्रथा गरी तीन दिन सम्म नम्बर प्लेट वितरण गर्न लागको हो ।
आज पहिलो दिन काभ्रेपलान्चोक, नुवाकोट र रामेछापका चार सय ९१ जनालाई गोला प्रथाबाट ट्याक्सी नम्बर वितरण गर्न लागिएको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिनुभयो ।
यी तीन जिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ४८ हजार नौ सय ६५ जनाले आवे दन दिएका थिए । यसै गरी भोली दोस्रो दिन दोलखा, सिन्धुली र सिन्धुपाल्चोक का पाँच सय १३ जनालाई पनि गोला प्रथाबाट नै ट्याक्सी नम्बर प्लेट वितरण गरिने छ ।
यी तीन जिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ५१ हजार ३ सय १२ जनाले आवेदन दिएका थिए । यस्तै पर्सी तेस्रो तथा अन्तिम दिन काठमान्डौ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, ओखलढुंगा, गोरखा र रसुवाका चार सय १६ जना भुकम्प पिडितलाई ट्याक्सी नम्बर वितरण गरिने छ ।
यी आठ जिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ४९ हजार ३ सय ११ जनाले आवेदन दिएका थिए । विभागले सबै आवेदकलाई एउटै बाकसमा हालेर गोला प्रथ ागर्न असम्भव भएकाले जिल्ला अनुसार कोटा निर्धारण गरेको जनाएको छ ।
यसैविच काठमाडौं महानगरपालिकाले भूकम्पपीडितलाई वितरण गरिने ट्याक्सी राजधानीमा गुड्न रोक लगाउने निर्णय गरेको छ ।
उपत्यकामा साना सवारी साधनको अत्यधिक चाप भएकाले उक्त निर्णय गरेको काठमान्डौ महानगरपालिकाले जनाएको छ ।