आगलागीमा रु एक लाखको क्षति

आगलागीमा रु एक लाखको क्षति

  • बुधबार, असार ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

लहान, ७ असार ।

सिरहाको लहान नगरपालिका–१ मा विद्युत् सर्ट भई आगलागी हँुदा करिब रु एक लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय जसिराम सदायको घरमा गएराति विद्युत् सर्ट भई आगलागी हुँदा एकतले घर, घरमा रहेको अन्नपात, भाँडावर्तन र लत्ताकपडासमेत जलेर नष्ट हुँदा सो परिमाण बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय, लहानले जनाएको छ ।

यसैगरी, नेपाल टेलिकम कार्यालय सिरहाको सदरमुकाम सिरहा नगरपालिका–७ मा नेपाल टेलिकमको निर्माणाधीन टावरको काम गर्ने क्रममा टावरबाट खसेर मङ्गलबार साँझ बाराको रमपुर्वा नगरपालिका–७ निवासी २५ वर्षीय रमेश चौधरीको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ