हेर्नुस् , अहिले सम्म निर्विरोध निर्वािर्चत स्थानहरु !

हेर्नुस् , अहिले सम्म निर्विरोध निर्वािर्चत स्थानहरु !

  • मङ्लबार, असार ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, ६ असार ।

दोश्रो चरणको निर्वाचनमा देशका विभिन्न भागमा जनप्रतिनिधी निर्विरोध निर्वा्चित भएका छन् । पाल्पाको निस्दी गाउँपालिका–३ झिरुबासमा दलित महिला सदस्य निर्विरोध निर्वा्चित हुनुभएको छ ।

नेकपा (एमाले)बाट दलित महिला सदस्यमा उम्मेदवारी दिनुभएकी कुमारी विक निर्विरोध निर्वा्चित हुनुभएको हो ।

आइतबार भएको उम्मेदवारको मनोनयनको दर्ता क्रममा दलित महिला सदस्य पदमा उहाँको मात्र उम्मेदवारी आएको र उहाँविरुद्ध कसैले उजुरी नदिएपछि उहाँ निर्विरोध निर्वा्चित भएको घोषणा गरिएको सहायक मतदान अधिकृत कल्पना अर्यालले जानकारी दिनुभयो ।

यस्तै , नेपाली काँग्रेसले सुदूरपूर्वी जिल्ला ताप्लेजुङबाट खाता खोलेको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–३ लिवाङको दलित महिला सदस्य पदमा लछिमाया विश्वकर्माको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वा्चित हुनुभएको छ ।

नेपाली काँग्रेसबाट लछिमायाको बाहेक अरु कसैको उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिनुभएको छ ।

उक्त वडामा काँग्रेसबाहेकका दलले दलित पहिला उम्मेदवार नपाएपछि काँग्रेस निर्विरोध भएको हो ।

यस्तै तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–१, पौठाकमा नेपाली काँग्रेसकी दलित महिला सदस्य उम्मेदवार विजुलीमाया शङ्कर निर्विरोध निर्वा्चित हुनुभएको छ ।

उक्त पदमा अरु कसैले पनि उम्मेदवारी नदिएको र दाबी विरोध पनि नपरेकाले शङ्कर निर्विरोध निर्वा्चित हुनुभएको मेन्छ्यायेम गाउँपालिकाका निर्वाचन अधिकृत प्रकाश आचार्यले बताउनुभयो ।

यसपालिको स्थानीय निर्वाचनमा शङ्कर जिल्लाकै पहिलो जनप्रतिनिधिको रुपमा समेत चयन हुनुभएको हो ।

कानुनीरुपमै हरेक वडाबाट एकजना दलित महिला निर्वा्चित हुने व्यवस्था भएपछि वर्षौंदेखि उत्पीडन, दमन र विभेद सहेर बसिरहेको दलित समुदायका महिला नेतृत्वमा पुग्दैछन् ।

दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका ४३ वडामध्ये बाँकी ४२ वडामा ११६ जना दलित महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ