तेह्रथुम, ५ असार । मेन्छ्यायेम गाउँपालिका–१, पौठाकमा नेपाली काँग्रेसकी दलित महिला सदस्य उम्मेदवार बिजुलीमाया शङ्कर निर्विरोध हुनुभएको छ ।
आइतबार मनोनयनका क्रममा उहाँको मात्र उम्मेदवारी परेपछि निर्विरोध हुनुभएको मेन्छ्यायेम गाउँपालिकाका निर्वाचन अधिकृत प्रकाश आचार्यले जानकारी दिनुभयो ।
सो वडामा एकमात्रै दलित परिवारको बसोबास रहेको छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका ४३ वडामध्ये बाँकी ४२ वडामा ११६ जना दलित महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
उता , थवाङ गाउँपालिकामा दुईजना दलित महिला सदस्य निर्विरोध भएका छन् ।
थवाङ गाउँपालिका– ३ मा नेकपा (माओवादी केन्द्र)बाट दलित महिला सदस्यमा रामकुमारी कामी र वडा नं ४ मा सोही पार्टीबाट माया विकले मात्र मनोनयन दर्ता गराएकाले दुवै जना निर्विरोध हुनुभएको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline