कन्काई उच्च बाँधको अध्ययन सुरु

कन्काई उच्च बाँधको अध्ययन सुरु

  • सोमवार, असार ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

भद्रपुर, ५ असार । दूरगामी महत्व राख्ने कन्काई उच्च बाँधको पहिलो चरणको अध्ययन सुरु भएको छ ।

ऊर्जा मन्त्रालायअन्तर्गत विद्युत् विकास विभागले भर्खरै परामर्शदाता टोली गठन गरेपछि यो अध्ययन सुरु भएको र सो टोलीले लगातार कन्काई उच्च बाँधका विषयमा अध्ययन गर्ने विद्युत् विकास विभागका वरिष्ठ डिभिजनल इन्जिनियर सरोज आचार्यले जानकारी दिनुभयो ।
सिचाइँ र विद्युत् उत्पादन दुवैको राम्रो सम्भावना रहेको झापाको मध्यभागबाट बहने कन्काई नदीको जलाधार क्षेत्रको यो बाँध निर्माण भएपछि झापामा बर्सेनि बर्सातको समयमा आउने बाढी र त्यसबाट हुने जनधनको क्षतिलाई पनि नियन्त्रण गर्न सकिन्छ । कन्काई उच्च बाँध निर्माणको कुरा झन्डै ४० वर्षदेखि उठ्दै आएको र पटकपटक सम्भाव्यता अध्ययन र सर्भेक्षण पनि गरिएको छ । पछिल्लो समयमा नेपाल विद्युत् प्राधिकरणले सन् २००३ मा सर्भेक्षण गरी कन्काई उच्च बाँधको निर्माणबाट झापा जिल्लामा थप ६७ हजार ४५० हेक्टर जग्गामा सिँचाइ सुविधाका साथै करिब ६० मेगावाट विद्युत् उत्पादन गर्न सकिने जनाएको छ तर १४ वर्ष बितिसक्यो यो प्रस्ताव अहिले पनि कागजमै सीमित छ ।

हाल सोही स्थानमा कन्काई सिँचाइ योजना सञ्चालनमा छ र यसले कन्काई नदीको पश्चिममा आठ हजार हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ तर नदी आसपासका जग्गाजमिन आकाशे पानीमा निर्भर छन् र करोडौँ क्युसेक पानी त्यतिकै खेर गइरहेको अवस्थामा सिँचाइ सुविधा र विस्तारसँगै विद्युत् उत्पादनले पूर्व क्षेत्रमा रोजगारी सिर्जना, उद्योग र व्यापार क्षेत्रमा पनि ठूलो योगदान पु¥याउने स्थानीयवासीको विश्वास छ ।

सिचाइँ विकास डिभिजन कार्यालयका अनुसार कन्काई उच्च बाँध निर्माण भएमा अन्न उत्पादनमा आत्मनिर्भर बन्न सघाउँछ, त्यसैले यो योजना जतिसक्दो चाँडो कार्यान्वयन गर्नुपर्दछ । करिब १७८ वर्गमिटर प्रतिसेकेन्ड पानी सिँचाइमा प्रयोग गर्न सकिने यो योजनाबाट मेची नदीदेखि पश्चिममा रतुवा खोलासम्मका लाखौँ कृषक लाभान्वित हुने सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख ईश्वरीप्रसाद तिवारीले जानकारी दिनुभयो ।

पूर्वपश्चिम राजमार्गदेखि चार दशमलव पाँच किमी उत्तर कन्काई नदीमा निर्माण गरिने ८५ मिटर अग्लो बाँधबाट ९२ करोड ५० लाख वर्गमिटर पानी भण्डारण गर्न सकिनेछ । सर्भेक्षणका क्रममा परियोजना निर्माणमा करिब रु २४ अर्ब लाग्ने अनुमान गरिएको छ तर यस परियोजनाको सहयोगमा हुने अन्न र विद्युत् उत्पादनले दुई वर्षमै सोधभर्ना गर्न सकिने वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाको भनाइ छ ।

यस वर्ष झापामा खाद्यान्न, तरकारी, फलफूल र नगदेबालीबाट कुल रु ४४ अर्ब तीन करोड ७२ लाख बराबरको दाद्यान्न उत्पादन भएको छ र यहाँ खेतीयोग्य ९० हजार हेक्टर जग्गामध्ये ३९ प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको छ । उच्च बाँधको निर्माणबाट वर्षैभरि नियमित पानीको स्रोत उपलब्ध हुनेछ र यसबाट हालको कृषि उत्पादनमा क्रान्ति नै आउन सक्ने डिभिजन प्रमुख तिवारीको भनाइ छ ।

चालिस वर्षपहिले देखि चर्चामा रहेको यो बाँधका बिषयमा सम्बद्ध दलका नेतालाई जानकारी गराइएको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी