एक दर्जन सहकारीलाई रु ३१ लाख ८९ हजार ९५७ अनुदान

एक दर्जन सहकारीलाई रु ३१ लाख ८९ हजार ९५७ अनुदान

  • सोमवार, असार ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

बनेपा, ५ असार । काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा दूध उत्पादनको क्षेत्रमा काम गरेका एक दर्जन सहकारी संस्थाले अनुदानबापत कुल रु ३१ लाख ८९ हजार ९५७ पाउने भएका छन् ।

सरकारले कृषकलाई उत्पादनमा अनुदान दिन प्रतिलिटर रु एक अनुदान दिने भएपछि जिल्लाबाट १२ वटा सहकारी संस्थाले सो रकम पाउने भएका हुन् । गोठ, भकारो सुधारमा गरेको सरकारको लगानी उपलब्धिमूलक नभएकाले यस्तो नीति ल्याइएकोे जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा नारायणबहादुर श्रेष्ठले बताउनुभयो ।

गत साउनअघिदेखि एक वर्षको दूध उत्पादनको अवस्था हेरेर सहकारीमार्फत कृषकलाई अनुदान दिइने उल्लेख गर्दै डा श्रेष्ठले यसलाई परीक्षणकालका रूपमा हेरिएको बताउनुभयो । ती सहकारीले कम्तीमा ५० लिटर दूध सङ्कलन गर्नेछन् ।

अनुदान वितरणका लागि मूल्याङ्कन समितिबाट छनोट भएका सहकारीमा बनेपास्थित रविओपीको देउराली दूध उत्पादक सहकारी संस्था लि रु २० लाख नौ हजार ८९४, पाँचखालको अनेकोटस्थित अनेकोट दुग्ध उत्पादक सहकारी संस्थाले रु चार लाख १० हजार ४०८, मण्डनदेउपुर नगरपालिकास्थित महादेवस्थानको रानीटार दुग्ध उत्पादक सहकारी संस्थाले रु छ लाख २३ हजार ७१२, पाँचखाल नगरपालिकाको सिखरपुर श्रीराम पाटी दुग्ध उत्पादक सहकारी संस्थाले रु दुई लाख १६ हजार, देउपुरको ब्रह्मायणी दुग्ध उत्पादक सहकारी संस्थाले रु एक लाख ८३ हजार ६०० वार्षिक अनुदान पाउने छन् ।
त्यस्तै धुलिखेलस्थित कालीदेवी दुग्ध उत्पादक सहकारी संस्थाले रु दुई लाख ९० हजार ५६७, ज्याम्दीको ठुल्दीबेँसी दुग्ध उत्पादक सहकारी संस्थाले रु तीन लाख ५४ हजार ८९०, मण्डन देउपुरको इन्द्रावती बहुउद्देश्यीय सहकारी संस्थाले रु दुई लाख ७० हजार, सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थाले रु १२ लाख ३४ हजार ९८९, मङ्लटारस्थित तिमाल महाभार बहुउद्देश्यीय सहकारी संस्थाले रु नौ लाख ७८ हजार ४७५, उमादेवी दुग्ध उत्पादक सहकारी संस्थाले रु छ लाख ४० हजार ८०० र देवीपञ्चकन्या बहुउद्देश्यीय सहकारी संस्थाले रु दुई लाख ४७ हजार ८१२ पाउने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी