३ घण्टा उखुबारीमा नियन्त्रणमा राखेर बालिका बलात्कार गरी दुई युवक फरार

३ घण्टा उखुबारीमा नियन्त्रणमा राखेर बालिका बलात्कार गरी दुई युवक फरार

  • सोमवार, असार ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

सिरहा, असार ५ ।

सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिका बलात्कार गरेर दुई युवक फरार भएका छन् ।

घरमा सुतिरहेकी बालिका शनिबार राति चर्पी जान निस्किएका बेला दुईजना युवकले नजिकैको उखुबारीमा ३ घण्टा नियन्त्रणमा राखेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

उनीहरुले राति एक बजेदेखि नियन्त्रण लिएर बिहान ४ बजेतिर ती बालिकालाई छोडेको प्रहरीले जनाएको छ । बालिका बिहान पखमात्र वेहोशी अवस्थामा घरमा आइपुगेकी थिइन् । घरमा आउनासाथ आँगनमा बेहोस् भएर लडेकी उनको उपचार भइरहेको छ ।

स्थानीय बासिन्दाले घटना भएको थाहा पाउन साथ गाउँमै मिलाउने प्रयास गरेको थाहा पाएपछि प्रहरीले घटनाबारे जानकारी पाएको थियो । प्रहरीले घटनाको विषयमा जानकारी पाउना साथ बालिकालाई सुरक्षित स्थानमा उपचारको लागि पठाइएको जनाएको छ ।

घटनामा संलग्न युवकहरु फरार छन् । उनीहरुको खोजी भइरहेको गोलबजार प्रहरी प्रमुख इन्सपेक्टर राजेन्द्र कुमार उपाध्यायले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ