झापा , ४ असार ।
नेपाल कम्युनिष्ट पार्टीका धनकुटाका जिल्ला ईन्चार्ज माधव गौतम (आकाश) र नगर सेक्रेटरी राजन अधिकारी पक्राउ परेका छन् ।
आज राति ८ बजे धनकुटाको चित्रेबाटआकाश र अधिकारी लाई प्रहरीले पक्राउ गरेको हो ।
उता झापाका ईन्चार्ज उमेशलाई पनि आजै प्रहरी गिरफ्तार गरेको छ ।
झापाको डुंडाबारीबाट अपरान्ह गिरफ्तार गरेको हो ।
यसैबीच आफ्ना पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहाई गर्न कम्युनिष्ट पार्टीले माग गरेको छ । आजै बिज्ञप्ती जारी गदै नेपाल कम्युनिष्ट पार्टी कोशि ब्युरोका कार्यलय सचिव पुष्प बहादुर कोइरालाले तत्काल पक्राउ गरेका नेता कार्यकर्तालाई रिहा गर्न माग गर्नुभएको हो ।
हेर्नुस् बिज्ञप्ती ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
