जनकपुर , ४ असार ।
जनकपुरमा आज राष्ट्रिय जनता पार्टीका नेताकार्यकर्ता र प्रहरीबीच झडप भएको छ । राजपाले आज गरेको जिल्ला बन्दका क्रममा नेता कार्यकर्ताले बन्द सफल बनाउन भन्दै होहल्ला गरेपछि झडप भएको प्रहरीले जनाएको छ ।
राजपाका कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरिरहेका छन् । झडपका क्रममा केही राजपाका नेता कार्यकर्ताहरु घाइते भएका छन् ।
पाँच जनाको अस्पतालमा उपचार भइरहेको छ । राजपा धनुषा जिल्ला अध्यक्ष परमेश्वर शाहसहित २५ जना नेताकार्यकर्ता पक्राउ परेका छन् ।
नवलपरासी घटनाको विरोध गर्दै राजपाका नेता कार्यकर्ता आन्दोलनमा उत्रिएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline