आठ घण्टापछि यती कार्पेट उद्योगको आगलागी नियन्त्रणमा ,डेढ अर्बभन्दा बढीको क्षति भएको अनुमान

आठ घण्टापछि यती कार्पेट उद्योगको आगलागी नियन्त्रणमा ,डेढ अर्बभन्दा बढीको क्षति भएको अनुमान

  • आइतवार, असार ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

भक्तपूर, ४ असार । 

भक्तपुरको सल्लाघारीस्थित यती कार्पेट उद्योगमा भीषण आगलागी भएको छ । आगलागी करिब आठ घण्टापछि निभाइएको छ ।

उद्योगी अनिल केडियाद्वारा सञ्चालित कार्पेट उद्योगमा शनिबार राति करिब साढे ११ बजे उद्योगसँगैको ट्रान्सफर्मर सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

जुद्ध वारुण यन्त्र , नेपाली सेना, काठमाडौं , ललितपुर , नेपाल प्रहरीको गरी ८ दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आज बिहान साढे ७ बजे आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी कृष्ण प्रसाईंले बताउनु भयो ।

आगलागीबाट दुई पक्की भवन, पाँचवटा जस्ताको टहरामा सञ्चालित कार्पेट उद्योग पूर्णरुपमा क्षति पुगेको छ ।

आगलागीबाट पोली फाइबर, केमिकल, रङ्ग, २ वटा गाडी, डिजेल स्टोर, डीएफओ तेल स्टोर पूर्णरुपमा नष्ट भएको यति कार्पेट उद्योगका म्यानेजर धमेन्द्र यादवले बताउनु भयो ।
कार्पेट उद्योग पूर्णरुपमा नष्ट भएकाले क्षतिको यकीन विवरण आउन नसके पनि डेढ अर्बभन्दा बढीको क्षति भएको जनाईएको छ । उक्त कार्पेट उद्योगमा एकसय भन्दा बढी कामदार रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ