प्रचण्ड र चिनियाँ राजदुतबीच भेटवार्ता

प्रचण्ड र चिनियाँ राजदुतबीच भेटवार्ता

  • आइतवार, असार ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ ,४ असार ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत यु होङबिच आज बिहान भेटवार्ता भएको छ ।

लाजिम्पाटस्थित दाहालको निवासमा भएको भेटमा मुलुकको समसामयिक परिस्थिति र नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको जनाएको छ ।

भेटमा अध्यक्ष दाहालले आफू प्रधानमन्त्रीमा निर्वाचित भएदेखि दुई छिमेकी बिचको सम्बन्धलाई सन्तुलित बनाउन लागिपरेको र राजीनामा दिने बेलासम्म आफ्नो योजना सफल भएको बताउनु भएको थियो ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै चीन र भारतमा विशेष दूत पठाएर सम्बन्धमा थप सुदृढीकरण गरिएको बताउँदै उहाँले आफ्नो १० महिने प्रधानमन्त्रीकाल नेपाली राजनीतिमा स्मरण योग्य रहने विश्वास व्यक्त गर्नुभयो ।

सो क्रममा राजदूत होङले अध्यक्ष दाहालको प्रधानमन्त्री कालमा नेपाल र चीनबिचको सम्बन्ध थप बलियो बनेकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले प्रचण्डको १० महिने प्रधानमन्त्री काल अत्यन्तै सफल र वैदेशिक मामिलामा सन्तुलित भएको विचार राख्नुभएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ