माओवादी केन्द्र इलाम नगरपालिकाका बडाध्यक्षका उम्मेदवार वेपता

माओवादी केन्द्र इलाम नगरपालिकाका बडाध्यक्षका उम्मेदवार वेपता

  • शनिबार, असार ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

इलाम,३ असार । नेकपा माओवादी केन्द्र इलाम नगरपालिका–१२ का वडाध्यक्षका उम्मेदवार नारायण राई वेपता भएका छन । शनिवार हुने आमसभाको तयारीका लागी भनेर शुक्रवार अपराहन्न ४ बजे घरबाट निस्किएका राई सम्र्पकमा नरहेको नेकपा माओवादी केन्द्र इलाम नगर कमिटीले बताएको छ ।

वेपता भएका राईको खोजीका लागी प्रहरी र निर्वाचन कार्यालयलाई जानकारी गराइएको इलाम नगरपालिका प्रमुखका उम्मेदवार छविलाल आर्चाय (प्रवाश शर्मा) ले बताए । राईको खोजीका लागी नगर कमिटीले वाइसिएल समेत परिचालन गरिसकेको छ । राईको खोजी नहुन्जेलसम्म इलाम नगरपालिका– १२ को नोमिनेसन रोक्नुपर्ने शर्माले बताए ।

आज इलाम नगरपालिका– १२ को आयोजनामा निर्वतमान पशुपंक्षी मन्त्री श्रीप्रसाद जवेगुले चुनावी सम्वोधन गर्ने कार्यक्रम तय भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ