अनेसासद्वारा पश्चिम बङ्गालमा नेपाली भाषीमाथि भएको दमनको विरोध 

अनेसासद्वारा पश्चिम बङ्गालमा नेपाली भाषीमाथि भएको दमनको विरोध 

  • शनिबार, असार ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ ,असार ३  । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले  भारतको पश्चिम बङ्गालमा नेपाली भाषा र नेपाली भाषीमाथि गरिएका दमनको विरोध गरेको छ ।

केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले विज्ञप्ती जारी गर्दै लामो इतिहास बोकेको भारतको पश्चिम बंगाल राज्यका नेपाली भाषीहरुमाथि अत्याचार भएको भन्दै विरोध गरेका छन् । ‘नेपाली भाषा, साहित्य र संस्कृति जीवनको अभिन्न अंगको रुपमा रहेको परिप्रेक्ष्यमा हालै पश्चिम बङ्गालमा नेपाली भाषा र नेपाली भाषीमाथि गरिएको अत्यन्तै ज्यादती, अत्याचार र अमानवीय ब्यबहारको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज घोर भर्सना गर्दै नेपाली भाषा र नेपाली भाषीको सम्मान गर्न तथा उनीहरुमाथि गरिएको अमानवीय व्यवहार तुरुन्त रोक्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जोडदार माग गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।

अनेसासले पश्चिम बङ्गाल सरकारले नेपाली भाषा र नेपाली भाषीमाथि गरेको दुखद र अत्याचार अन्यायपूर्ण व्यवहार अविलम्ब अन्त्य गरी स्वतन्त्रतापूर्वक स्वेच्छाले भाषाको प्रयोग गर्न पाउने स्वतन्त्र अधिकार सुरक्षित गर्दै सरकारले गरेका दमन तुरुन्त बन्द गर्न आग्रह गरेको छ । ‘पश्चिम बंगाल र त्यस वरपर नेपाली भाषीहरूद्वारा गरिएको सशक्त प्रतिकार र विरोध कार्यको समर्थन गर्दै भारत, नेपाल लगायत विश्वभर रहेका नेपाली साहित्य र नेपाली भाषाकर्मीहरुमा एकबद्द भइ यस्ता निन्दनीय कार्यको घोर बिरोध गर्न पनि हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तीमा लेखिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ