सरकारले दियो टीकापुर घटनाका प्रमुख योजनाकार रेशम चौधरीलाई १ करोड ७५ लाख क्षतिपूर्ति ,बुबाले बुझे चेक !

सरकारले दियो टीकापुर घटनाका प्रमुख योजनाकार रेशम चौधरीलाई १ करोड ७५ लाख क्षतिपूर्ति ,बुबाले बुझे चेक !

  • शनिबार, असार ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

धनगढी ,३ असार ।
टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको छ ।
टीकापुर घटनाको भोलिपल्ट ०७२ भदौ ८ गते भएको आगजनीका पीडितलाई राहत उपलब्ध गराउने क्रममा सरकारले चौधरीलाई सबैभन्दा बढी रकम उपलब्ध गराएको हो ।
प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, केशव बोहरा र बलराम विष्ट गरी दुईजना प्रहरी निरीक्षकसहित ८ सुरक्षाकर्मी र एक दूधे बालकको हत्या भएको भोलिपल्ट उत्तेजित भीडले रेशम चौधरीको फूलबारी एफएम, फूलबारी कटेज र एउटा मोटरसाइकलमा आगजनी गरेको थियो ।
रेशम चौधरीका बुबा लालवीर चौधरीले शुक्रबार क्षतिपूर्तिबापतको १ करोड ७४ लाख रुपैयाँको चेक बुझेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो।
यस्तै, नीरु ट्रेडर्सका सञ्चालक जीवनारायण चौधरीले १ करोड ५० लाख र प्रदीप चौधरीले आफ्नो हार्डवेयर पसलमा भएको क्षतिपूर्तिबापत १ करोड ३९ लाख रकम पाएका छन्। यसअघि प्रचण्ड सरकारको बहिर्गमनको अन्तिम समयमा मन्त्रिपरिषद्ले टीकापुरका आगजनीपीडितलाई झन्डै ११ करोड क्षतिपूर्ति दिने निर्णय गरेको थियो।
टीकापुर घटनाका ८८ जना पीडितले ८ हजारदेखि १ करोड ७४ लाखसम्मको क्षतिपूर्ति पाएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो। राहत वितरणका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोली शुक्रबार टीकापुर पुगेको थियो। राहत तथा क्षतिपूर्ति रकम दिएर राज्यले आफूलाई न्याय गरेको आगजनीपीडित प्रदीप चौधरीले बताउनुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ