काठमाण्डौको कृषि फार्ममा भिषण आगलागी , चार करोणको क्षती

काठमाण्डौको कृषि फार्ममा भिषण आगलागी , चार करोणको क्षती

  • शनिबार, असार ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं ,३ असार ।
राजधानीको गोकेर्णेश्वर नगरपालिका १ रुप्सेटारमा रहेको ओम कृषि फर्ममा आगलागी हुँदा करिब चार करोण बराबरको क्षती भएको छ ।

ओखलढुंगाका बाबुराम कार्कीले सञ्चालन गरेको गाइ फर्ममा आज विहान करिब ११ बजे आगलागी हुँदा ७० ओटा गाई जलेर मरेका छन् ।

आगलागीबाट अन्य ७० वटा गाई सख्त घाईते हुनुका साथै १२ टन दाना , डेढ सय गाईलाई ओछ्याउने म्याट जलेर नष्ट भएको छ ।

करेन्ट सर्ट भएर फाम भित्र आगलागी भएको महानगरीय प्रहरी वृत्त वौद्धका प्रमुख डिएसपी अच्युत पुडासैनीले बताउनु भयो

बाँसको छानोमाथि टिन लगाएको र अचानक करेन्ट सर्ट भएर सल्कीएको आगो फार्ममा फैलिएको उहाँले बताउनु भयो । नेपाली सेना र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको फाम सन्चालक कार्कीले बताउनु भयो ।
फार्ममा ७५ दुहुनो, २२ ब्याउने र बाच्छाबाच्छी गरी १२२ गाई थिए । घाइते गाईको उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ