चुनाव प्रचारमा बालबालीका प्रयोगमा सत्तारुढ सहित ठुला दल नै अगाडि , कुन कु दल परे (नामावली सहित )

चुनाव प्रचारमा बालबालीका प्रयोगमा सत्तारुढ सहित ठुला दल नै अगाडि , कुन कु दल परे (नामावली सहित )

  • शनिबार, असार ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ ,३ असार ।
निर्वाचन आयोगले राजनितिक दलहरुले चुनाव प्रचारप्रसारमा बालबालिका प्रयोग गरेर आचारसंहिता उल्लङघन गरेको ठहर गरेको छ ।

आयोगले नेपाली काग्रेस , एमाले माओवदी केन्द्र , संघिय समाजवादी पार्टी ,राप्रपा , मधेसी जनाधिकार फोरम नेपाललाई पत्र पढाएर चुनावी अभियानमा बालबालीका प्रयोग नगर्न सचेत गराएको हो ।

आयोगका प्रवत्ता सुर्य प्रसाद शर्माद्धारा आज जारी विज्ञप्तीमा निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आयोगले आचारसंहिताको परिपालनालाई जोड दिईरहेको ब्यहोरा स्मरण गराउदै सोको पालना गराउने दिशामा आयोग कटिबद्ध रहेको जनाएको छ ।

आयोगले दलहरुलाई पठाएको पत्रमा दल तथा मातहतका संगठनहरु र भातृ संगठनबाट बिभिन्न राजनितिक गतिबिधिमा बालबालीकाको प्रयोग गरी आचारसंहित उल्लङघन भएको सुचना प्राप्त भएकाले मातहतका निकायलाई त्यसबारे थप सचेत बनाउन आयोगले दलका नेतृत्वलाई ध्यानाकर्षण गराएको छ ।

आयोगले राजनितिक दलहरुले बालबालीकालाई प्रयोग गरेको बिषयमा छानबिन गरी आवश्यक कार्वाहि गर्न पनि निर्देशन दिएको छ ।

साथै चुनावी अभियानका बेला आचारसंहिता प्रतिकुल हुने कुनैपनि क्रियाकलाप नगर्न आयोगले सबैमा अपिल पनि गरेको छ ।

चुनावी प्रचारमा बालबालिका प्रयोग गर्ने दल
-नेपाली काग्रेस

-नेकपा एमाले

-नेकपा माओवादी केन्द्र

-राष्ट्रिय प्रजातन्त्र पार्टी

-संघिय समाजवादी पार्टी

-मधेसी जनाधिकार फोरम नेपाल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ