रेणु दाहाललाई फेसबुकमा अश्लील गाली गर्नेविरुद्ध पति अनिलले दिए किटानी जाहेरी,जाहेरी लगत्तै बोहराले लेखे,मलाई कुनै पछुतो छैन (हेर्नुस् बिस्तृतमा )

रेणु दाहाललाई फेसबुकमा अश्लील गाली गर्नेविरुद्ध पति अनिलले दिए किटानी जाहेरी,जाहेरी लगत्तै बोहराले लेखे,मलाई कुनै पछुतो छैन (हेर्नुस् बिस्तृतमा )

  • शनिबार, असार ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

चितवन , ३ असार । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखकी उम्मेदवार रेणु दाहालविरुद्ध सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्ने दुईजना विरुद्ध किटानी जाहेरी परेको छ ।

रेणु दाहालका श्रीमान् अनिलकुमार पाठकले किटानी जाहेरी दिनु भएको हो । चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले दुई जनाविरुद्ध किटानी जाहेरी परेको आज जानकारी दिनुभयो ।

सामाजिक सञ्जालमा गाली गर्ने निरव ज्ञवाली र एसवी बोहरा विरुद्धकिटानी जाहेरी परेको थापाले जानकारी दिनुभयो । ‘जसले जे गरे पनि हुन्छ जस्तो देखियो, एउटा गलत नजिर बस्ने अवस्था देखिएकाले मेरो श्रीमान्ले जाहेरी दिनुभएको हो,’ रेणु दाहालले भन्नुभयो । शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भए पनि साइवर अपराध मुद्दा काठमाडाँै जिल्ला अदालतले मात्रै हेर्ने भएकाले काठमाडौँकै प्रहरीबाटै हेर्नेगरी पठाइएको उपरीक्षक थापाले बताउनुभयो ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुर प्रमाणित भएमा रु दुई लाख जरिवाना र पाँच वर्षसम्म कैद या दुबै सजाय हुनसक्ने उहाँको भनाइ छ ।

निरव ज्ञवाली र एसबी बोहराको नामको फेसबुक आइडीमा दाहाललाई अश्लिल शब्दमा गाली गरी लेखिएको छ ।

‘विद्युतीय कारोबार ऐन २०६३ ले बन्देज लगाएको कानुन विपरितको कार्य गरेको हुँदा निज अन्यायी दुबै जनालाई खोजतलास गरी यसै कार्यालयबाट तत्काल पक्राउ गरी ल्याई विद्युतीय कारोबारी ऐनअनुसार हदैसम्मको सजाय जरिवानासमेत गरी न्याय पाउँ,’ पाठकको किटानी जाहेरीमा उल्लेख छ । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

किटानी जाहेरी

चितवनको भरतपुर महानगरपालिकाको प्रमुखकी उम्मेदवार रेणु दाहालविरुद्ध सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्ने दुईजना विरुद्ध किटानी जाहेरी परेको छ ।

किटानी जोरि लगत्तै फेरी आरोपि बोहरीले आफ्नो पार्टी एमालेसँग जोडेर कमेन्ट नगर्न आग्रह गर्दै फेसबुकमा लेखेका छन् , मलाई रेणुका बारेमा गरेको कमेन्टमाथि कुनै पछुतो छैन ।  म माथि गालि गलौज गर्ने २० हजार माओवादीलाई कार्वाहि गरियोस ।

हेर्नुस् उनको स्टाटस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ