आज मधेश र थरुहट सदमुकाममा लाठी जुलुस

आज मधेश र थरुहट सदमुकाममा लाठी जुलुस

  • शनिबार, असार ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ ,३ असार ।
प्रदेश नम्बर दुई को मात्र स्थानीय निर्वाचन सार्ने सरकारको निर्णय अमान्य रहेको भन्दै आनदोलनलाई कायम राख्ने जनाएको राष्ट्रिय जनता पार्टीले आज मधेश र थरुहटका जिल्ला सदमुकाममा लाठी जुलुश प्रदर्शन गर्दैछ ।

संविधान संशोधन लगायतका विषयमा भएका पूर्वसहमति सरकारले कार्यन्वयन नगरेको भन्दै राजपाले आन्दोनलनका कार्यक्रम जारी राख्ने जनाएको छ । उसले प्रदेश नम्बर दुईको निर्वाचन सार्ने विषयमा सरकारले एकपक्षीय निर्णय गरेको आरेप समेत लगाएको छ ।

राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले मधेशलाई खण्डित गर्ने प्रयास स्वरुप सत्तारुढ दलले आफूखुसी निर्वाचन सार्ने निर्णय गरेको बताउनु भयो । सत्तारुढ दलसँग भएको वार्तामा निर्वाचन सार्नेै निषयमा छलफल भएपनि निर्णय भने एकलौटी रुपमा आएको यादवको भनाई छ ।

आदोलन सफल पार्न राजपा अध्यक्ष मण्डलका नेताहरु आज प्रदेश नम्बर पाँच जाने तयारी छ । अध्यक्ष मण्डलका नेता महन्त ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झाले आज प्रदेश नम्बर ५ का विभिन्न स्थानमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ