तामाङ समाज कतारद्धारा कुलमान घिसिङ र कान्छीमाया तामाङ सम्मानित

तामाङ समाज कतारद्धारा कुलमान घिसिङ र कान्छीमाया तामाङ सम्मानित

  • शनिबार, असार ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाडौ ३ असार ।

नेपाल प्रवासी तामाङ समाज कतारले तामाङ समुदायका महत्वपूर्ण व्यक्तित्वहरुलाई सम्मान तथा अभिनन्दन गरेको छ । राजधानीको सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा शुक्रबार एक कार्यक्रमकाबीच समाजले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रथम तामाङ महिला सगरमाथा आरोही कान्छीमाया तामाङलाई सम्मान गरेको हो ।

राष्ट्र र जनताको हितमा काम गर्दै तामाङ समुदायको नाम उच्च राख्न सफल भएकोमा उच्च कदर गर्दै कार्यकारी निर्देशक घिसिङ र पहिलो तामाङ महिला सगरमाथा आरोहीका रुपमा सगरमाथा आरोहण गरी इतिहास कायम गर्न सफल तामाङलाई ताम्रापत्रका साथमा दोसल्ला ओडेर अभिनन्दन गरिएको हो । अभिनन्दनपछि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले अहिले केही स्थानमा प्राविधिक कारण बाहेक मुलुकभरी नै लोडसेडिङ सुन्य रहेको बताउनु भयो ।

आफूले राज्यबाट दिएको दायित्व पूरा गर्ने क्रममा लोडसेडिङ अन्त्य गर्न सफल भएको भन्दै उहाँले माग व्यवस्थापनमा नेपाली जनताले सहयोग गरेकाले उज्यालो नेपाल अभियान सफल भएको जिकिर गर्नुभयो ।

यसले नेपालमा केही हुदैन भनि निराशा भएको जमात बढेको समय अभियानले आशावादी बढाएको घिसिङ भनाई थियो । वर्तमान चुनौति भनेको लोडसेटिङ अन्त्यलाई निरन्तर दिनु रहेको भन्दै यसमा साथ दिन पनि उहाँले सबैमा अपिल गर्नुभएको छ ।

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेको प्रमुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा सांसद दिलमान पाख्रिन, तामसालिङ संयुक्त संघर्ष समितिका अध्यक्ष जय गोले, छार गोङ्मा मासिकका सम्पादक प्रतिक ङेसुर, गायक विश्व दोङ, गजलकार खोजराज गोले लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

 

कार्यक्रम समाजका अध्यक्ष तिर्थ तामाङको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा १६ पटकका सगरमाथा आरोही पेम्बा शेर्पालाई पनि अभिनन्दन गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी